साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी



काठमाडौं । साहस उर्जा लिमिटेडले आफ्ना लगानीकर्ताहरूका लागि आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

हकप्रद सेयर पनि जारी गर्ने

लाभांशसँगै कम्पनीले लगानीकर्ताहरूका लागि थप अवसरस्वरूप हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ। बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले यसअघि आर्थिक वर्ष २०८०/८१ को साधारण सभाबाट तत्कालीन चुक्ता पुँजीका आधारमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। तर, यसपटक सो निर्णयमा संशोधन गर्दै बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीलाई आधार मानेर हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

संशोधित योजनाअनुसार साहस उर्जाले बोनस सेयर वितरणपछि कायम हुने कुल चुक्ता पुँजी रु ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ।

प्रकाशित : 11 November, 2025 11:35 am