बुङ्गल हाइड्रोको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुङ्गल हाइड्रोको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत



काठमाडौ । आइतबार, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत भएको छ। आज कम्पनीको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता शेयर गरी कुल ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

सोही रेञ्जका आधारमा भोली सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई बीयूएनजीएएल स्टक टिकर प्रदान गरेको छ।

प्रकाशित : 9 November, 2025 2:06 pm