काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ फोन एम १७ फाइभजी सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई सक्षम फिचरसहित आएको यो स्मार्टफोनमा सेग्मेन्टमै पहिलोपटक ओआईएस अर्थात् नहल्लिने क्यामेरा प्रविधि जडान भएको सामसङले जनाएको छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले प्रिमियम क्यामेरा टेक्नोलोजीलाई यस फोनमार्फत धेरै प्रयोगकर्तासम्म पुर्याइने बताए।
यसमा रियल टाइम एआई एसिस्ट फिचर समावेश छ। यसमा रहेको प्रोसेसरले गेमिङ र स्ट्रिमिङमा छरितो तथा ऊर्जा दक्ष प्रदर्शन प्रदान गर्छ ।
६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको यस फोन धुलो र पानीबाट सुरक्षित बनाइएको छ । २ भेरियन्टमा फोन उपलब्ध छ । ४ जीबी, १२८ जीबीको मूल्य २५ हजार ९९९ रुपैयाँ तथा ६ जीबी, १२८ जीबीको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।





Comment