काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूले उल्लेखनीय बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सो अवधिभित्र १४ वटा जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ३८ हजारभन्दा बढी बीमा पोलिसी बिक्री गर्दै करिब ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुुन्।
बीमकहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १९.८४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
यस अवधिमा बीमाशुल्क संकलनका हिसाबले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीले यस अवधिमा १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसपछि नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। तेस्रो स्थानमा रहेको एलआइसी नेपाल ले ४ अर्ब ९८ करोड रुपैयाँ, र चौथो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनी ले ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ।
त्यसैगरी, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । साथै, सन नेपाल लाइफले पनि ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।





Comment