सरकारको नीति तथा कार्यक्रमःपुरानै विषयलाई निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सरकारको नीति तथा कार्यक्रमःपुरानै विषयलाई निरन्तरता



काठमाडौं, जेठ ११ ।सरकारको नीति तथा कार्यक्रमले पुरानै विषयलाई निरन्तरता दिएको छ । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुरानै आयोजनालाई निरन्तरता दिएइको बताएकी छिन् । दुईवटा निर्वाचनकोबीच आएको सो नीति तथा कार्यक्रमले नयाँ कार्यक्रमहरु समावेश गरेको छैन ।
सरकारले यसपटक पुरानै नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । पहिलो चरणको निर्वाचन सम्पन्न गरेर भद्र सहमति अनुसार प्रचण्डले राजिनामा दिएपछि प्रधानमन्त्री विहिन भएको अवस्थामा प्रचण्ड सरकारकै नीति तथा कार्यक्रमहरुलाई राष्ट्रपतिले संसदमा प्रस्तुत गरेकी हुन् ।

  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नतीलाई निरन्तरता दिने र सुरक्षित हवाई उडानलाई प्राथमिकतामा राख्ने
  • अन्तरदेशीय र अन्तराष्ट्रिय प्रशासन विस्तारलाई प्राथमिकता दिने
  • आधारभूत स्वास्थलाई स्थानीय तहमा लैजाने
  • सडकको मपदण्ड निर्धारण गरिने
  • जलमार्गको सम्भावना अध्यायन गरिने
  • स्वच्छ खानेपानीलाई नागरिकको पहुँचमा पुर्याइने
  • धार्मीक स्थलको विकासलाई निरन्तरता दिने
  • उद्याशिलताको लागि युवाहरुलाई तालिम दिने
  • माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहलाई हस्तान्तरण गरिनेदोस्रो चरणको स्थानीय तह निर्वाचन गर्न सरकार कटिबद्ध
  • भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणलाई निरन्तरता
  • राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको लागि स्रोत साधन उपलब्ध गराउने
  • गैह्र बैंकिङ पूजिलाई पूर्वाधार निर्माणमा लगाइने
  • भुकम्पबाट प्रभावित परिवारको पुनस्थापना गरिने
  • पुश तथा तालिम बीमा कार्यक्रम कृषकहरुको बिचमा पुर्याइने
  • बैकल्पिक ऊर्जालाई बढावा गरिने
  • सडक सञ्जालको बिस्तारलाई प्राथमिकता दिने
  • गतिशिल सहर निर्माणलाई निरन्तरता दिने

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार १२:२६