आर्थिक वर्षको पहिलो त्रैमासमा कामना सेवा बैंकको नाफा र ब्याज आम्दानी दुबैमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आर्थिक वर्षको पहिलो त्रैमासमा कामना सेवा बैंकको नाफा र ब्याज आम्दानी दुबैमा सुधार



काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नाफा र आम्दानी दुबैमा दोहोरो अंकको वृद्धि गरेको छ। बैंकले तीन महिनाको अवधिमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

शनिबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १२.९३ प्रतिशतले बढी हो। गत आवको पहिलो त्रैमासमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानीमा पनि उल्लेखनीय सुधार देखिएको छ। चालु आवको पहिलो त्रैमासमा बैंकले ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९.०६ प्रतिशतले वृद्धि हो। गत आवमा यो रकम ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ थियो।

बैंकले नाफा र आम्दानीमा देखिएको यो वृद्धि आफ्नो लगानी पोर्टफोलियोको सन्तुलन, सञ्चालन कार्यक्षमता र वित्तीय व्यवस्थापन सुधारसँग सम्बन्धित रहेको जनाएको छ।

प्रकाशित : 1 November, 2025 2:12 pm