७०० सयले सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

७०० सयले सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

आज सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेको हो । मंगलबार २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय ६५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित : 29 October, 2025 11:35 am