सोल्टी होटलको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सोल्टी होटलको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडाैं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको ५१ औं सभा आगामी मंसिर २८ गते काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

प्रकाशित : 29 October, 2025 10:53 am