एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट



एनआईसी एशिया बैंकका ग्राहकले अब कमलादीस्थित स्काइवाक टावरमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्बन्धमा Wonders Nepal Pvt. Ltd र एनआईसी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार, बैंकका ग्राहकहरूले स्काइवाक टावरको सेवा उपयोग गर्दा डिजिटल भुक्तानी माध्यम प्रयोग गरेमा विशेष छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गरेमा २५ प्रतिशत छुट पाउनेछन्।

यो सहकार्यले ग्राहकहरूलाई मनोरञ्जन सेवामा विशेष सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने बैंकको उद्देश्य रहेको जनाएको छ। बैंकका अनुसार, यस प्रकारका सहकार्यले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल अर्थतन्त्र निर्माणतर्फ योगदान पुर्‍याउनेछ।

प्रकाशित : 28 October, 2025 6:29 pm