४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य आज दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 19 October, 2025 12:06 pm