नेप्सेद्वारा समाज र ग्रामीण विकास लघुवित्तको कारोबार स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेद्वारा समाज र ग्रामीण विकास लघुवित्तको कारोबार स्थगित



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले दुबै संस्थाको शेयर कारोबार रोक्का गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार कात्तिक २ गतेदेखि नै लागू हुनेगरी रोक्का रहने नेप्सेले जनाएको छ ।

प्रकाशित : 16 October, 2025 6:32 pm