भिभोले नेपाली बजारमा सार्वजनिक गर्‍यो नयाँ भी६० लाईट, कतिपर्छ मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भिभोले नेपाली बजारमा सार्वजनिक गर्‍यो नयाँ भी६० लाईट, कतिपर्छ मूल्य ?



विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गरेको छ। “ट्राभल पोर्ट्रेट पर्फेक्ट पार्टनर”को रूपमा प्रस्तुत गरिएको यो फोन विशेषगरी यात्राका क्रममा पोट्र्रेट फोटोग्राफीका लागि डिजाइन गरिएको हो।

मुख्य विशेषताहरू:

क्यामेरा: ५० एमपी सोनी आईएमएक्स ८८२ मुख्य क्यामेरा, ८ एमपी वाइड–एङ्गल क्यामेरा, ३२ एमपी सेल्फी क्यामेरा।

AI Aura Light Portrait 3.0: सामान्य फ्ल्यासभन्दा ७३ गुणा सफ्ट र प्राकृतिक प्रकाश, उज्यालो दोब्बर पार्ने, प्रकाश क्षेत्रफल ४.२ गुणा बढाउने।

एआई फिचरहरू: मास्टर पोर्ट्रेट स्टाइल, एआई मास्टर एचडी अल्गोरिथम, फोर–के भिडियो रेकर्डिङ्ग, एआई फोर सीजन पोर्ट्रेट, एआई ईरेज ३.० र एआई ईन्ह्यान्स।

डिजाइन: टाइटानियम ब्लु र एलिगेन्ट ब्ल्याक, स्लिम र हल्का बडी, अल्ट्रा–थिन बेजल, एक्सक्विजिट ट्रान्सप्यारेन्ट क्यामेरा मोड्युल।

प्रदर्शन: फाइभ जी भेरिएन्टमा मीडियाटेक ७३६० टर्बो फाइभ जी चिपसेट, फोर जी भेरिएन्टमा स्न्यापड्रैगन ६८५ प्रोसेसर। फाइभ जी मोडेलमा १२ + १२ जीबी एक्सटेन्डेड र्याम, फोर जीमा ८ + ८ जीबी। ६.७७ इन्च एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट, ९४.२ % स्क्रिन–टु–बडी रेसियो।

ब्याट्री र चार्ज: ६५०० एमएएच ब्लु वल्ट ब्याट्री, ९० वाट फ्ल्यास चार्ज (५२ मिनेटमा ०–१०० % चार्ज)।

सुरक्षा र सुविधा: IP65 डस्ट एण्ड वाटर–रेजिस्टेन्ट, वनट्याप डस्ट एण्ड वाटर रिमोवल, वेट ह्याण्ड टच।

AI टुलहरू: गुगल जेमिनी, एआई क्याप्सन, एआई ट्रान्सक्रिप्ट असिस्ट।

भिभो भी६० लाईट यात्रु, अन्वेषक र आधुनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको स्मार्टफोन हो, जसले यात्राको सम्झना कैद, शैली अभिव्यक्त र काम–मनोरञ्जन सन्तुलनलाई सहज बनाउँछ।

उपलब्धता र मूल्य:

फोर जी मोडेल: रु. ३९,९९९

फाइभ जी मोडेल: रु. ४८,९९९

बजारमा उपलब्ध: भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्म

प्रकाशित : 16 October, 2025 11:50 am