सिन्धुलीमा जमिन भासिँदा हायु समुदाय संकटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिन्धुलीमा जमिन भासिँदा हायु समुदाय संकटमा



काठमाडौं । कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिंदा हायु समुदायको बस्ती संकटमा परेको छ। जमिन भासिंदै जान थालेपछि हायु समुदाय थातथलो छाड्ने विकल्पमा पुगेका छन्।

शुक्रबार जिल्ला सुरक्षा समितिको टोली स्थल निरीक्षणका लागि पुगेको भए तापनि हायु समुदायले कुनै पनि सहयोग, राहत वा पुनर्वासको सुविधा भने पाएको छैन।

स्थानीयहरूका अनुसार यो घटना पहिलो पटक होइन। गत वर्ष पनि निरन्तर वर्षाले यही क्षेत्रमा जमिन भासिंदा घरहरू क्षतिग्रस्त भएका थिए। त्यसपछि समस्या समाधानका ठोस कदम सरकारले नचालेको उनीहरूको गुनासो छ।

सिम्लेमा हाल १५ हायु परिवार प्रत्यक्ष प्रभावित छन्। असोज १७ देखि २१ सम्म परेको अविरल वर्षाले माटोको स्थायित्व झन् कमजोर बनाएको स्थानीयले बताएका छन्। उनीहरूका अनुसार बस्तीमा बस्ने करिब २०० जना प्रभावित छन्।

जोखिमको अवस्थाबारे केन्द्र र प्रदेश सरकारलाई जानकारी दिन र तत्कालै विपद् व्यवस्थापन समितिको बैठक बोलाएर समाधानका लागि दीर्घकालीन पहल गर्न स्थानीयले माग गरेका छन्।

प्रकाशित : 12 October, 2025 12:54 pm