वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्समा नयाँ ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्समा नयाँ ब्यवस्था



काठमाडौं, ९ जेठ ।नेपाल राष्ट्र बैंकले विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बैक खाताबाट भुक्तानी गर्नु पर्ने रकमको सीमा बढाएको छ। २०७१ माघ २५ गते निर्देशन जारी गर्दै राष्ट्र बैंकले रेमिटेन्स भुक्तानीको सीमा तोकेको थियो।
राष्ट्र बैंकले एक लाख रुपैयाँसम्म बैंकमा खातै नखोली हातहातै र त्यो भन्दा वढि भए बैंक खाताबाट भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको थियो। पुरानो व्यवस्थालई संशोधन गर्दै केन्द्रीय बैंकले दुई लाख रुपैयाँसम्म रेमिटेन्स हातहातै भुक्तानी गर्न पाइने ब्यवस्था गरेको छ।
रेमिटेन्स प्राप्त गर्न झन्झटीलो भएको गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले नीति संशोधन गरेको हो। झन्झटिलो ब्यवस्थाकै कारण हुन्डीमार्फत रेमिटेन्स भित्रिने गरेको अनुमान गरिएको थियो। रकमको सीमा बढेपछि थप सजिलो हुने छ।

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलवार ०५:५०