काठमाडौं । दसैं बिदापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि पुनः सञ्चालनमा आएको छ। असोज १३ गतेदेखि बन्द भएको सेयर बजार आज असोज २१ गते, सोमबारदेखि नियमित कारोबारका लागि खुलेको हो।
दशैं अघिको अन्तिम कारोबार भएको दिन, असोज १२ गते आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशतले वृद्धि भई बजार बन्द भएको थियो। उक्त दिन सेयर बजारमा सन्निकट दशैंको प्रभाव देखिए पनि कारोबारमा हल्का सकारात्मक माहोल देखिएको थियो।
दशैंको लामो बिदापछि आजबाट सुरु हुने कारोबारमा लगानीकर्ताहरूको चासो उच्च रहने अनुमान गरिएको छ। बजारले कुन दिशामा प्रतिक्रिया जनाउने हो भन्नेमा अब लगानीकर्ताहरूको ध्यान केन्द्रित हुने देखिन्छ।
नेपाल स्टक एक्सचेन्जले आफ्नो नियमित समय अनुसार आजदेखि कारोबार प्रक्रिया सुचारु गर्ने जनाएको छ।





Comment