आजदेखि सेयर बजार खुल्ने, लगानीकर्ताको मनको बजार कता झुक्ला? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

आजदेखि सेयर बजार खुल्ने, लगानीकर्ताको मनको बजार कता झुक्ला?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । दसैं बिदापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि पुनः सञ्चालनमा आएको छ। असोज १३ गतेदेखि बन्द भएको सेयर बजार आज असोज २१ गते, सोमबारदेखि नियमित कारोबारका लागि खुलेको हो।

दशैं अघिको अन्तिम कारोबार भएको दिन, असोज १२ गते आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशतले वृद्धि भई बजार बन्द भएको थियो। उक्त दिन सेयर बजारमा सन्निकट दशैंको प्रभाव देखिए पनि कारोबारमा हल्का सकारात्मक माहोल देखिएको थियो।

दशैंको लामो बिदापछि आजबाट सुरु हुने कारोबारमा लगानीकर्ताहरूको चासो उच्च रहने अनुमान गरिएको छ। बजारले कुन दिशामा प्रतिक्रिया जनाउने हो भन्नेमा अब लगानीकर्ताहरूको ध्यान केन्द्रित हुने देखिन्छ।

नेपाल स्टक एक्सचेन्जले आफ्नो नियमित समय अनुसार आजदेखि कारोबार प्रक्रिया सुचारु गर्ने जनाएको छ।

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार ०८:४४ 7 October, 2025 8:44 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।