दशैं विदामा कुन बैंकले कहाँ-कहाँबाट दिँदैछन् सेवा ? ४ बैंक टिकाको दिनमा समेत खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दशैं विदामा कुन बैंकले कहाँ-कहाँबाट दिँदैछन् सेवा ? ४ बैंक टिकाको दिनमा समेत खुल्ने



काठमाडाैं । दशैं विदामा २० वाणिज्य बैंक र ६ विकास बैंक गरी कूल २६ बैंकले आफ्नो शाखा कार्यालय खोली ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्ने भएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक , नबिल बैंक, ज्योति विकास बैंकले विजया दशमीको दिनमा समेत बैंकको शाखा खुला राखेर सेवा प्रदान गर्ने जनाएका छन्।

कृषि विकास बैंकको १० ठाउँकाे शाखा खुल्ला रहने

दशैं विदामा कृषि विकास बैंकले कूल १० वटा शाखाहरु मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सुविधा उपलब्ध गराउने भएको छ।

प्रभु बैंकले १८ शाखाबाट सेवा दिने

दशैं विदामा प्रभु बैंकको काठमाण्डौं उपत्यका भित्रका ४ वटा र काठमाण्डौं बाहिरका १४ वटा गरि कूल १८ वटा शाखा कार्यालयहरु खुल्ला रहने भएका छन ।

राष्ट्रिय वाणिज्य बैंकले ७ शाखा मार्फत सेवा दिने

राष्ट्रिय वाणिज्य बैंकले दशैं विदामा ७ वटा शाखा कार्यालयहरु खोल्ने भएको छ।

ग्लोबल आइएमई बैंकले दिँदैछ १० शाखा मार्फत बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले दशैंको विदामा सात वटै प्रदेशमार्फत सेवा प्रदान गर्ने भएकाे छ । साथै बैंकले टिकाकाे दिनपनि विभिन्न शाखा खाेल्ने जनाएकाे छ । याे विदामा बैंकले करिब ३४ शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्ने भएको छ।

लक्ष्मी सनराइज बैंकको १४ शाखा खुल्ने

सनराइज बैंकले दशैं विदामा काठमाण्डौं उपत्यका सहित बाहिरका ३१ शाखा शाखा कार्यालय खुला गरेर बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ।

एनएमबी बैंकको यी शाखा खुल्ने

सिटिजन्स बैंकको यी शाखा खुल्ने

स्ट्याण्डर्ड चाटर्डको दशैं, तिहार र छटमा यी शाखा खुल्ने

माछापुच्छ्रे बैंकको यी शाखा खुल्ने
माछापुच्छ्रे बैंकले दशै विदामा काठमाण्डौं उपत्यका भित्र र बाहिर गरि यी शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

हिमालयन बैंकले विदामा २४ शाखा मार्फत सेवा दिने

हिमालयन बैंकले दशैं विदामा २४ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्ने भएको छ।

नबिल बैंकको ३१ शाखा खुल्ने
नबिल बैंकले दशैं विदामा उपत्यकाभित्रका शाखा र उपत्यका बाहिरका शाखा गरी कूल ३१ शाखा खोल्ने भएको छ।

बैंकले घण्टाघर शाखा भने दशैंको टिकाको दिन पनि खुल्ला राख्ने भएको छ। बैंकको अधिकांश शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछन्।

कुमारी बैंकको ८ शाखा खुल्ला रहने
कुमारी बैंकले दशैं विदामा आफ्नो ८ वटा शाखा कार्यालयहरु खुला गरेर बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ।

एनआइसी एशिया बैंकको यी शाखा खुल्ने

सिद्धार्थ बैंकको १९ शाखा खुल्ने

सिद्धार्थ बैंकले दशैं विदामा काठमाण्डौ उपत्यका भित्र ८ र उपत्यका बाहिर १९ गरी २७ शाखा कार्यालयहरु खोल्ने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको

कामना सेवाको ७ शाखा खुल्ने
कामना सेवा विकास बैंकले दशैं विदामा ७ वटा शाखा कार्यालयहरु खोलि ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंककाे यी शाखा खुल्ने

महालक्ष्मी विकास बैंकका यी शाखाबाट सेवा प्रदान

मुक्तिनाथ विकास बैंकका यी शाखा खुल्ने

गरिमा विकास बैंक

ज्याेति विकास बैंक

प्रकाशित : 29 September, 2025 6:26 pm