साझाले भक्तपुरमा बस चलाउने अनुमति पायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साझाले भक्तपुरमा बस चलाउने अनुमति पायो



साझा यातायातले भक्तपुरको रुटका लागि अनुमति पाएको छ। शुक्रबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले साझालार्इ भक्तपुरको पूरानो रुट दिने निर्णय गरेको साना ठूला सवारी कार्यालय बाग्मतीका प्रमुख वसन्त अधिकारीले बताए।
साझाले स्वयम्भु- सीतापाइला- कलंकी –सोल्टीमोड-कालीमाटी-टेकु-त्रिपुरेश्वर-सहिदगेट-माइतीघर –नयाँ बानेश्वर हुँदै कोटेश्वर बाट भक्तपुरको सुर्य विनायक सम्मको रुट पाएको हो। नयाँ र पुरानो बाटो दुवैको रुटका लागि साझाले गत फागुन ३० गते आवेदन दिएको थियो।तर समितिले पूरानो रुटमा मात्रै साझा चलाउन पाउनेगरी निर्णय गरेको हो।
साझाले कोटेश्वरबाट सानोठिमी-पुरानो ठिमी-भक्तपुर हुँदै कमलविनायक भएर पुरानो बाटोमा रुट परमिट पाएन । यसका लागि अध्ययन भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।साना तथा ठूला सवारी कार्यालयले पुरानो रुटका लागि साझाका २० वटा बस संचालनको इजाजत दिएको हो ।

भक्तपुरका यातायात व्यवसायीको विरोधका वावजुद विभागले रुट इजाजत दिने निर्णय गरेको हो।

 

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०९:०४