प्राधिकरणद्वारा सहकारी दर्ता प्रक्रियामा पारदर्शिता ल्याउन मापदण्ड २०८२ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्राधिकरणद्वारा सहकारी दर्ता प्रक्रियामा पारदर्शिता ल्याउन मापदण्ड २०८२ जारी



काठमाडौं । राष्ट्रिय सहकारी नियामक प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२ जारी गरेको छ। प्राधिकरणले सहकारी क्षेत्रको पारदर्शिता र जवाफदेहिता मजबुत पार्ने उद्देश्यसहित मापदण्ड जारी गरेको जनाएको छ।

मापदण्डले सहकारी संस्था दर्ता तथा अभिलेखीकरणका लागि आवश्यक प्रक्रिया, कागजात, शुल्क र प्राधिकरणले पालना गर्नुपर्ने कानुनी ढाँचा अझ प्रष्ट रूपमा व्यवस्था गरेको छ। यसले सहकारी संस्थाहरूको सञ्चालनलाई व्यवस्थित गर्ने र नियामक निकायलाई सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार, नयाँ संशोधनले सहकारी संस्थाको दर्ता प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नेछ। साथै, सदस्यहरूको सुरक्षाका लागि वित्तीय विवरणको अभिलेखीकरणमा कडाइ गरिने उल्लेख गरिएको छ।

राष्ट्रिय सहकारी नियामक प्राधिकरणले सहकारी संस्थाको अभिलेखीकरण प्रणालीलाई डिजिटलाइज गर्ने तयारीसमेत गरेको छ। यसले भविष्यमा सदस्य, नियामक निकाय र सर्वसाधारण सबैका लागि आवश्यक सूचना सजिलै उपलब्ध गराउने प्राधिकरणको दाबी छ।

प्रकाशित : 26 September, 2025 1:16 pm