कोटेश्वर प्रहरी चौकीलाई सुयोग्य सहकारीको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कोटेश्वर प्रहरी चौकीलाई सुयोग्य सहकारीको सहयोग



काठमाडाैँ । कोटेश्वरस्थित सेतीओपी मार्गमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

भदौ २३ र २४ गतेको आन्दोलनका कारण चौकीमा भएको क्षतिपछि सहकारीले सामाजिक हितकोषबाट १ लाख १४ हजार रुपैयाँ बराबरका सामग्री प्रदान गरेको हो। हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर लिम्बु, उपाध्यक्ष पम्फा न्यौपाने, प्रमुख सल्लाहकार चित्रा कुमारी सुब्बा थाम्सुहाङ र प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीको सहभागिता थियो।

हस्तान्तरण गरिएका सामग्रीहरूमा समावेश:

स्टील दराज – ४ थान

डिभाइडर लाइट – २ थान

म्याजिक लाइट – ५ थान

ब्याट्री – १ प्याकेट

टर्च लाइट – २ थान

ह्याण्ड माइक – १ थान

युपिएस – ३ थान

यी सामग्री इनिस्पेक्टर यज्ञराज भट्टलाई बुझाइएका हुन्। सहकारीका अध्यक्ष लिम्बुका अनुसार, समुदायप्रति चासो राख्नु सहकारीको प्रमुख सिद्धान्त मध्ये एक भएकाले प्रहरी चौकीलाई सहयोग गरिएको हो।

उनले आगामी दिनमा पनि समुदायका आवश्यकतामा सहकारीले निरन्तर साथ दिने प्रतिबद्धता जनाए। यसैबीच, क्षतिग्रस्त चौकीलाई अन्य संघसंस्थाबाट पनि सहयोग भइरहेको र रङ्गरोगन तथा मर्मतसम्भारको काम अगाडि बढाइरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित : 25 September, 2025 12:42 pm