चन्द्रागिरि साकोसद्वारा गोदामचौर र बडिखेलमा सदस्य शिक्षा तथा विस्तारित भेला सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरि साकोसद्वारा गोदामचौर र बडिखेलमा सदस्य शिक्षा तथा विस्तारित भेला सम्पन्न



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस) ले ललितपुरको गोदामचौर र बडिखेल क्षेत्रमा सदस्य शिक्षा तथा विस्तारित भेला आयोजना गरेको छ।

संस्थाको पाटन सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गोदामचौरस्थित कृष्ण महिला समूहबडिखेलस्थित सृजनशील बिउ उत्पादक कृषक समूहका गरी ४० जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा पाटन सेवा केन्द्रका इन्चार्ज राजेश बहादुर थापा मगरले सहकारीको परिचय, हालको वित्तीय अवस्था, सदस्यको भूमिका, सहकारीमा सदस्यता लिनेदेखि कारोबार गर्ने प्रक्रिया, तथा सदस्यहरूले पाउने सेवा सुविधाहरूका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

भेलामा सहभागी सदस्यहरूले सहकारीले प्रदान गर्दै आएको पारदर्शी सेवा प्रवाह, सदस्यमैत्री कार्यशैली, र दीगो वित्तीय अभ्यासप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए। साथै, सबै सहभागीहरूले आफ्ना समूहहरूमा अझ सक्रिय भूमिका निर्वाह गर्ने तथा सहकारीसँग नजिकको सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित : 23 September, 2025 8:22 pm