स्थापनाको २९औं वर्षमा नवकान्तिपुर, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्थापनाको २९औं वर्षमा नवकान्तिपुर, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता



बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ ।

संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त सदस्य केन्द्रित अन्य सेवा प्रवाह गर्दै आएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा संस्थाले प्रदान गर्ने सेवा तथा सुविधामा नविनता प्रदान गर्दै प्रतिफलमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चालु आर्थिक वर्षको भाद्र मसान्तसम्म आईपुग्दा ८ हजार ८ सय ५६ जना सेयर सदस्य संस्थामा आवद्ध भएको छ ।

संस्थाको सेयर पुँजी ९ करोड २२ लाख, जगेडा कोष २० करोड ४४ लाख, कुल संस्थागत पुँजी २० करोड ४८ लाख, विभिन्न कोष १० लाख, कुल बचत २ अर्ब १९ करोड ९४ लाख, कुल कर्जा १ अर्ब ३२ करोड १८ लाख, बैंक तथा नगद मौज्दात १ अर्ब १ करोड रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : 23 September, 2025 11:55 am