सुन हालसम्मकै उच्च, प्रतितोला कतिले बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन हालसम्मकै उच्च, प्रतितोला कतिले बढ्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ ३१ गते र असोज ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिनहरु सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सयमा भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : 22 September, 2025 10:51 am