३४ प्रतिशत बोनस बाँडेको मुक्तिनाथ विकास बैंकको आउने भो हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३४ प्रतिशत बोनस बाँडेको मुक्तिनाथ विकास बैंकको आउने भो हकप्रद



काठमाडौं, ५ जेठ  । मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । ३४ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकले हकप्रद निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४३ दशमलव ०२ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा २४ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।

प्रकाशित : ५ जेष्ठ २०७४, शुक्रबार १०:३३