.
मंगलापुर — जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बीसौँ साधारण सभा शनिबार एकै दिन सबै १० वटै सेवा केन्द्रमा सम्पन्न भएको छ। साधारण सभा असोज ४ गते बिहान ११ बजे एकसाथ सुरु भएको अध्यक्ष गिरि प्रसाद पुनले जानकारी दिनुभयो।
साधारण सभामा प्रत्येक सेवा केन्द्रमा सो केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो। २०५९ साल असोज २६ गते अनौपचारिक छलफलबाट सुरु भएको यो सहकारी २०५९ साल कार्तिक १५ गते ३१ सदस्यबाट एक–एक सय रुपैयाँ संकलन गरी औपचारिक रूपमा स्थापना गरिएको थियो। प्रबन्ध निर्देशक रन बहादुर थापाका अनुसार हाल सहकारीसँग करिब ४० हजार सदस्य रहेका छन्। सहकारीले हाल १० सेवा केन्द्र र ८ संकलन केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ।
साधारण सभामा नयाँ सदस्य भर्ना खुला गरिएको साथै गोलाप्रथाद्वारा ८१ जना सदस्यलाई इन्डक्सन चुलो वितरण गरिएको थियो। कार्यक्रममा स्वयंसेवकलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको पनि प्रबन्ध निर्देशक थापाले बताउनुभयो।
जनउत्थान साकोस यस क्षेत्रकै उत्कृष्ट सहकारीका रूपमा पहिचान बनाउनुका साथै अन्तर्राष्ट्रियस्तरमै ख्याति प्राप्त एक्सेस ब्रान्ड घोषित भएको छ। कार्यक्रमका विभिन्न वक्ताहरूले कतिपय सहकारीहरूले सदस्यको रकम लिएर फरार हुने प्रवृत्ति देखिएको वर्तमान अवस्थामा जनउत्थान साकोसले देखाएको पारदर्शिता र सफलता उदाहरणीय भएको उल्लेख गर्दै निरन्तर प्रगति गर्न शुभकामना व्यक्त गरे।





Comment