राजधानी बाहिर शाखा विस्तार गर्दै धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजधानी बाहिर शाखा विस्तार गर्दै धितोपत्र बोर्ड



काठमाडौं ५ जेठ।। नेपाल धितोपत्र बोर्डले आफ्नो उपत्यका बाहिर शाखा स्थापना गर्ने भएको छ। काठमाडौं केन्द्रित शेयर बजार मोफसलमा वस्तार हुन थालेपछि बोर्डले शाखा खोल्न लागेको हो।
शेयर ब्रोकरका शाखा मोफसलमा खुल्ने एवं आश्वा मार्फत देश भरिबाट बाणिज्य बैंकले प्राथमिक शेयरमा आवेदन सेवा दिन थालेपछि बोर्ड शाखा विस्तारको मनस्थितीमा पुगेको निर्देशक डा. नवराज अधिकारीले बताए।
तत्काल क्षेत्रीय स्तरमा तीन वटा शाखा खोल्ने बारे अध्ययन भइ रहेको उनले जानकारी दिए। क्षेत्रीय कार्यालय कहाँ राख्ने, के कस्तो काम गर्न पाउने भन्ने बारे टुङ्गो लाग्न बाँकी रहेको उनले बताए। उपत्यका बाहिर शाखा खोल्दा पूँजी बजार प्रति आम लगानीकर्ताको विश्वास बढ्ने उनको भनाइ छ।
‘पूँजी बजारलाई जति फराकिलो र जनमैत्री बनाउन सकिन्छ त्यतिनै लगानीकर्ता र आम सर्बसाधारणले शेयर बजारको फाइदा उठाउन सक्छन्,’ उनले भने- ‘यही उध्येश्य साथ शाखा खोल्न लागिएको हो।’

प्रकाशित : ५ जेष्ठ २०७४, शुक्रबार ०८:४३