कोरला नाकाबाट पहिलो पटक जेइकोका इलेक्ट्रिक गाडी नेपाल भित्रिए, काठमाडौं आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

कोरला नाकाबाट पहिलो पटक जेइकोका इलेक्ट्रिक गाडी नेपाल भित्रिए, काठमाडौं आउँदै



काठमाडौं । रसुवा र तातोपानी नाका बाढी र पहिरोका कारण अबरुद्ध भएपछि मुस्ताङको कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको छ। यो नाका सञ्चालनमा आएसँगै पहिलो पटक चीनबाट जेइको ब्रान्डका इलेक्ट्रिक गाडी नेपाल भित्रिएका छन्।

नेपालका लागि ओमोडा र जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका अनुसार, कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी मुस्ताङबाट प्रस्थान गरिसकेका छन् र आगामी दुई दिनभित्र काठमाडौं पुग्नेछन्।

यसअघि जेइको जे६ नेपाली बजारमा उपलब्ध थियो भने जेइको जे५ पहिलो पटक केही समयअघि सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको थियो।

दशैं–तिहार विशेष अफर

दशैं र तिहारलाई लक्षित गर्दै एसपीजी अटोमोबाइल्सले ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ नामक अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत दुवै गाडीमा विशेष छुटको व्यवस्था गरिएको छ:

मोडेलपुरानो मूल्यछुटपछिको मूल्य
जेइको जे५६० लाख ९९ हजार रुपैयाँ५६ लाख ९९ हजार रुपैयाँ
जेइको जे६६९ लाख ९९ हजार रुपैयाँ६५ लाख ९९ हजार रुपैयाँ

अफरमा समावेश सुविधा:

  • एक्सचेञ्ज बोनस
  • ७ किलोवाट क्षमताको वाल चार्जर
  • १ वर्षको निःशुल्क इन्स्योरेन्स

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र कम्पनीका शर्त तथा नियम लागू हुनेछन्।

गाडीका प्राविधिक विशेषता

विवरणजेइको जे५जेइको जे६
मोटर पावर१५५ kW१३५ kW
ब्याट्री क्षमता५८.९ kWh६५.६९ kWh
रेन्ज (फुल चार्जमा)४०२ किमी४०० किमी
गाडी प्रकारसिटी क्रसओभरहल्का अफरोड SUV

योसँगै कोरला नाका मार्फत अब नेपालमा विद्युतीय गाडी आयातको नयाँ सम्भावना खुलेको छ। यसले चीनसँगको वैकल्पिक व्यापारिक मार्गलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित : 19 September, 2025 11:19 am