काठमाडौं। एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन्। सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए ।
तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो ।
बैंकले न्यौपानेको राजीनामा सञ्चालक समितिबाट स्वीकृत गरिएको जनाएको छ। उनको कार्यकाल अझ बाँकी रहे पनि बैंक सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गर्दै कामू सीईओको जिम्मेवारी डेपुटी सीईओ राठीलाई दिएको छ ।





Comment