एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा



काठमाडौं। एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन्। सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए ।

तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो ।

बैंकले न्यौपानेको राजीनामा सञ्चालक समितिबाट स्वीकृत गरिएको जनाएको छ। उनको कार्यकाल अझ बाँकी रहे पनि बैंक सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गर्दै कामू सीईओको जिम्मेवारी डेपुटी सीईओ राठीलाई दिएको छ ।

प्रकाशित : 18 September, 2025 1:36 pm