काठमाडौं ५जेठ।धितोपत्र बोर्डले शेयर ब्रोकरको चुक्ता पूँजी १० गुणा बढाएर दुर्इ करोड रुपैयाँ पुर्याउनुपर्ने नयाँ प्रावधान ल्याएको छ । ब्रोकर कम्पनीहरुले अब चुक्तापुँजी दुई करोड रुपैयाँ पुर्याउनुपर्ने भएको छ। बोर्डले नेपाल सरकारको स्वीकृतिमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा संशोधन गर्दै चुक्ता पुँजी बढाएको हो ।
यसबाहेक, संशोधित नियमावलीमा बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने उल्लेख छ । त्यस्तै बोक्रर कम्पनीको मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ ।
५ जेष्ठ २०७४, शुक्रबार ०५:२७
Comment