अर्थमन्त्री खनालको पहिलो निर्णय : अधुरो योजनामा लगानी नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्री खनालको पहिलो निर्णय : अधुरो योजनामा लगानी नगर्ने



काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज पदभार ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीहरूले मन्त्री खनाललाई स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई ‘माननीय’ नभन्न आग्रह गरे। उनले तत्काल प्रभावकारी निर्णयका रूपमा पूर्व तयारी नभएका र टुक्रा–टुक्रा आयोजना कार्यान्वयन नगर्ने निर्णय लिएको जानकारी दिए।

मन्त्री खनालले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु र आगामी निर्वाचनको तयारी गर्नु हो। यसैले खर्च कटौती गर्नु आवश्यक भएको हो।’ उनले नयाँ योजनाहरू लागू गर्दा योजना तयार र व्यवस्थित हुनु पर्ने र अस्थायी वा अधुरो परियोजनामा लगानी नगर्ने कुरा पनि जोड दिए।

प्रकाशित : 15 September, 2025 2:19 pm