एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा



काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले गत मंगलबारबाट थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ ।

कम्पनीका अनुसार अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् । हालको विषम परिस्थितीमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरु एनसेलले मंगलबारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो । एनसेलले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरु १ दिन थप गरिएको जानकारी गराएको हो ।
एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।

प्रकाशित : 11 September, 2025 1:25 pm