काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरेलगत्तै बालुवाटार छाडेका छन्। प्रदर्शनकारीहरूले निवासमा प्रवेश गर्ने प्रयास गर्दा उनी नेपाली सेनाको सहयोगमा हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगिएका छन्।
स्रोतका अनुसार, अन्य दलका नेता र मन्त्रीहरू पनि सेनाको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्रधानमन्त्रीको बाहिरिएपछि प्रदर्शनकारीहरूले बालुवाटारमा प्रवेश गरेर तोडफोड गरेका छन्। वर्तमानमा राज्यका मुख्य तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जेन–जी प्रदर्शनकारीको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ।





Comment