ओली बालुवाटार छाडेर भागे, सेनाले सुरक्षित राख्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ओली बालुवाटार छाडेर भागे, सेनाले सुरक्षित राख्यो



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरेलगत्तै बालुवाटार छाडेका छन्। प्रदर्शनकारीहरूले निवासमा प्रवेश गर्ने प्रयास गर्दा उनी नेपाली सेनाको सहयोगमा हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगिएका छन्।


स्रोतका अनुसार, अन्य दलका नेता र मन्त्रीहरू पनि सेनाको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्रधानमन्त्रीको बाहिरिएपछि प्रदर्शनकारीहरूले बालुवाटारमा प्रवेश गरेर तोडफोड गरेका छन्। वर्तमानमा राज्यका मुख्य तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जेन–जी प्रदर्शनकारीको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ।

प्रकाशित : 9 September, 2025 3:54 pm