सिंहदरबारमा प्रदर्शनकारीको प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

सिंहदरबारमा प्रदर्शनकारीको प्रवेश

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ — मंगलबार बिहानैदेखि राजधानीमा आक्रामक प्रदर्शन गरिरहेका जेनजी समूहका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार परिसरभित्र प्रवेश गरेका छन्।

स्रोतका अनुसार, भीड नियन्त्रणका लागि तैनाथ सुरक्षाकर्मीको अवरोध तोड्दै प्रदर्शनकारीहरूले गेट भत्काएर सिंहदरबार छिरेका हुन्। घटनापछि सिंहदरबार आसपासको क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको छ।

सुरक्षा निकायका अधिकारीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास जारी रहेको बताउँदै प्रदर्शनकारीलाई शान्तिपूर्ण रूपमा बाहिर निकाल्ने तयारी भइरहेको जानकारी दिएका छन्।

यस घटनापछि सरकार र प्रशासनलाई थप चुनौती सिर्जना भएको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित : २४ भदौ २०८२, मंगलबार १४:०२ 9 September, 2025 2:02 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।