काठमाडौँ — मंगलबार बिहानैदेखि राजधानीमा आक्रामक प्रदर्शन गरिरहेका जेनजी समूहका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार परिसरभित्र प्रवेश गरेका छन्।
स्रोतका अनुसार, भीड नियन्त्रणका लागि तैनाथ सुरक्षाकर्मीको अवरोध तोड्दै प्रदर्शनकारीहरूले गेट भत्काएर सिंहदरबार छिरेका हुन्। घटनापछि सिंहदरबार आसपासको क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको छ।
सुरक्षा निकायका अधिकारीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास जारी रहेको बताउँदै प्रदर्शनकारीलाई शान्तिपूर्ण रूपमा बाहिर निकाल्ने तयारी भइरहेको जानकारी दिएका छन्।
यस घटनापछि सरकार र प्रशासनलाई थप चुनौती सिर्जना भएको विश्लेषकहरूको भनाइ छ।





Comment