काठमाडौं, ४ जेठ । सिभिल बैंक लिमिटेडको छैठौं साधारणसभा आज हुँदैछ । प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर र पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २ दशमलव ८८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लैजांदैछ । त्यस्तै बैंकले कर प्रयोजनका लागि शुन्य दशमलव १५१६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
युनिक फाइनान्स र हामा मर्चेन्टलाई एक्वाएर गर्ने प्रक्रियामा रहको बैंकले यी दुई संस्था खरिदका लागि स्वाप रेसियो पनि तय गरिसकेको छ । १०० कित्ता सिभिल बैंकको शेयर बराबर युनिकको ९० कित्ता र सिभिलको १०० कित्ता शेयर बराबर हामा मर्चेन्टको ८९ कित्ता शेयर हुने गरी स्वाप रेसियो तय भइसकेको छ । उक्त प्रस्ताव साधारणसभाबाट पारित हुन भने बाँकी रहेको छ।
त्यस्तै बैंकले बोनसपछि १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने भएको छ । वैशाख २० गतेसम्म शेयर खरिद गरेका लगानीकर्ताले साधारणसभा भाग लिन र बोनस प्राप्त गर्नेछन् ।
Comment