गल्फ लुब्रिकेन्ट्सले राष्ट्रिय महिला क्रिकेट उप–कप्तान पूजा महतोलाई ब्रान्ड एम्बेसडर घोषणा गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

गल्फ लुब्रिकेन्ट्सले राष्ट्रिय महिला क्रिकेट उप–कप्तान पूजा महतोलाई ब्रान्ड एम्बेसडर घोषणा गर्यो



नेपाल ल्युब आयल लिमिटेड, नेपालमा ४० वर्षदेखि अग्रणी र विश्वप्रसिद्ध ब्रान्ड गल्फ लुब्रिकेन्ट्सको आधिकारिक उत्पादक तथा वितरकले पोखरामा आफ्नो वार्षिक पार्टनर मिट “Redefine Your Limits” सम्पन्न गरेको छ। कार्यक्रममा ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा संचालक समितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समीक्षा र आगामी रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरहरूलाई सम्मान पनि गरिएको थियो।

सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ। महतोले हालै ICC यू–१९ महिला विश्वकप २०२५ मा प्रतिनिधित्व गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।

कम्पनीका अनुसार, “पूजा महतोको लगनशीलता र मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु¥याएको छ। यस सहकार्यले सम्पूर्ण नेपाली महिला क्रिकेटमा पनि सकारात्मक प्रभाव पार्नेछ।”

ब्रान्ड एम्बेसडर नियुक्ति पछि पूजा महतोले भनिन्, “गल्फ जस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य पाउँदा खुसी लागेको छ। यसले भविष्यमा अरु महिला क्रिकेटरलाई पनि प्रेरणा दिनेछ।”

कम्पनीका एमडी/सिइओ करण चौधरीले लुब्रिकेन्स व्यवसाय चुनौतीपूर्ण भए पनि गुणस्तर, पहुँच र पार्टनरहरूको sustainability मा ध्यान दिँदै गल्फ बजारमा अझ गतिशील हुने विश्वास व्यक्त गरे। अध्यक्ष अरुण कुमार चौधरीले पनि महतोलाई यस वर्षको पार्टनर मिटको प्रतीकको रूपमा देखाउँदै, सबै मिलेर गल्फको उचाइ बढाउने कामना व्यक्त गरे।

गल्फ लुब्रिकेन्ट्सले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउने विश्वसनीय ब्रान्डको रूपमा परिचित छ।

प्रकाशित : 7 September, 2025 2:03 pm