नाडाको विशेष साधारणसभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडाको विशेष साधारणसभा स्थगित



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले बोलाएको विशेष साधारणसभा तत्कालका लागि स्थगित भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसअघि घोषित विशेष साधारणसभा हाललाई स्थगित भएको जानकारी दिएका हुन् ।

नाडाको भदौ १९ गते बसेको २२ औं केन्द्रीय कार्यसमितिको बैठकले भदौ २४ गते मंगलबारका लागि ललितपुरको झम्सिखेलस्थित द प्लाजामा तोकेको विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : 5 September, 2025 11:44 am