काठमाडौं, ३ जेठ।बुधबार सुनचाँदी महँगिएको छ। अघिल्लो दिन तोलामा ३ सय रुपैयाँले बढेको सुन बुधबार भने २ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी तोलामा ५ रुपैयाँले महँगो भएको छ। प्रतितोला ७ सय ५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।
Comment