काठमाडौं । सरकारले विकास ऋणपत्र–२०९१ ‘ग’ नाम दिइएको ९ वर्षे अवधि भएको ऋणपत्र जारी गरी १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणपत्र आज अर्थात् भदौ १८ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल प्रणालीमार्फत खरिद गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्था, व्यक्ति, संस्था वा कम्पनीहरूले अनलाइनबाट बोलकबोलमा भाग लिन सक्नेछन् ।
ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ भने उक्त ब्याजमा आयकर लाग्नेछ । ऋणपत्र २०९१ साल भदौ १९ गते परिपक्व हुनेछ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था गरिएको छ ।






Comment