प्रभु बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

प्रभु बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं- प्रभु बैंक अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित युरोमनि अवार्ड फर एक्सिलेन्स २०२५ अन्तर्गत ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएस’ अवार्डबाट सम्मानित भएको छ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनि लिमिटेडद्वारा सिंगापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला अधिकृतहरूले संयुक्तरूपमा सम्मान ग्रहण गरेका थिए।

युरोमनि एक्सिलेन्स अवार्डअन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (एसएमईएस) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको बैंकको भनाइ छ।

नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक केन्द्रित डिजिटल समाधानहरू उपलब्ध गराइ देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ। यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पुर्‍याएका छन्।
प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा एसएमईएसलाई विशेष प्राथमिकता दिँदै ग्राहकको आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। यही प्रतिबद्धता र कार्यान्वयनले गर्दा बैंकले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर पाएको हो।
अवार्ड प्राप्तिसँगै प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभइ सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताए। डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने उल्लेख गर्दै यसले थप जिम्मेवारीसहित साना तथा मझौला उद्यमीहरूलाई प्रेरित गर्ने हौसला प्रदान गरेको उनी बताउँछन्।
हाल प्रभु बैंकले देशभर रहेका आफ्ना ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २५६ एटीएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ। प्रभु बैंक यसअघि पनि ‘बैंक अफ दि इयर २०२३’ बाट सम्मानित भइसकेको छ।

प्रकाशित : १८ भदौ २०८२, बुधबार १२:३५ 3 September, 2025 12:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।