गोल्छा र चौधरी समूहकाे विवादले नाडाको विशेष साधारणसभा रोकिने अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

गोल्छा र चौधरी समूहकाे विवादले नाडाको विशेष साधारणसभा रोकिने अवस्था

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ २४ गते विशेष साधारणसभा बोलाउने तयारी गरेपनि आन्तरिक विवादका कारण यसमा अन्योल सिर्जना भएको छ । नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो।

तर, गोल्छा र चौधरी समूहबीचको लामो विवाद अझै समाधान नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि विशेष साधारणसभा रोकिएको छ । विवादको मुख्य कारण वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गर्ने र विधान संशोधन प्रक्रिया टुंगोमा नपुगेको भन्ने हो ।

‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विषेश साधारण सभा रोकीपाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकोले विधान बमोजिम साधारण सभा नबोलाएर के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो,’ जिल्ला प्रशासनले जारी गरेको सुचनामा उल्ल्ेख गरिएको छ,‘ विशेष साधारणसभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७ दिन भित्र जिल्ला प्रशासनमा उपस्थीत हुन र साधारण सभा स्थगीत गर्नुहुन अनुरोध छ ।’

प्रकाशित : १७ भदौ २०८२, मंगलबार १२:२२ 2 September, 2025 12:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।