काठमाडौं । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि आकर्षक हायरपर्चेज ऋण योजना सार्वजनिक गरेको छ। सहकारीले दिगो र वातावरणमैत्री यात्रालाई प्रोत्साहन दिने उद्देश्यसहित ९ प्रतिशत मात्र ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेको हो।
यस्तो छ ऋण योजना
ऋण सीमा : बोलेरो खरिद गर्न अधिकतम २० लाख रुपैयाँसम्म, इलेक्ट्रीक भ्यान गाडी खरिदका लागि २५ लाखसम्म र इलेक्ट्रीक टेम्पो खरिदमा ५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध हुनेछ।
अवधि : बोलेरोका लागि ५ वर्ष, इलेक्ट्रीक भ्यान गाडीका लागि ७ वर्ष र इलेक्ट्रीक टेम्पोका लागि ३ वर्षसम्म ऋण सुविधा लिन सकिनेछ।
किस्ता : दैनिक वा मासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।
ऋण सुविधा लिनका लागि सहकारीको सदस्य भएर कम्तीमा तीन महिना पूरा गरेको, नियमित बचत गरेको र विगतमा लिएको ऋणको किस्ता समयमै भुक्तानी गरेको हुनुपर्नेछ।





Comment