मिलिजुली कालिञ्चोक सहकारीकाे चाडपर्व लक्षित याेजना : ६ महिनासम्मको सहज किस्ता सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिलिजुली कालिञ्चोक सहकारीकाे चाडपर्व लक्षित याेजना : ६ महिनासम्मको सहज किस्ता सुविधा



काभ्रे । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गर्दै विशेष ‘चाडपर्व व्यवसाय ऋण’ योजना सार्वजनिक गरेको छ।

संस्थाले सदस्यहरूको व्यवसायिक आवश्यकता र मौसमी कारोबारलाई सहज बनाउन अधिकतम १० लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउने जनाएको छ। यस योजना अन्तर्गत ९ प्रतिशत मात्र ब्याजदरमा ऋण लिन सकिनेछ।

योजनाका प्रमुख विशेषताहरु यस्ता छन :

ऋण सीमा : अधिकतम १० लाख रुपैयाँ

म्याद : ६ महिना

किस्ता : दैनिक वा मासिक भुक्तानीको सुविधा

ब्याजदर : ९ प्रतिशत

सहकारीले ऋण लिने सदस्यले विगतका किस्ता समयमै तिरेको हुनुपर्ने, तीन महिनाभन्दा बढी सदस्यता पूरा गरेको हुनुपर्ने र विगतमा बचत गरेको हुनुपर्ने शर्त राखेको छ। संस्थाका अनुसार यस ऋण योजनाले चाडपर्वको समयमा साना व्यवसायी, खुद्रा व्यापारी तथा सेवा क्षेत्रमा संलग्न सदस्यलाई विशेष सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित : 1 September, 2025 2:18 pm