अपि पावरकी अध्यक्ष सिर्जना खड्का ट्याली एमएसएमई अनर्स अवार्डबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

अपि पावरकी अध्यक्ष सिर्जना खड्का ट्याली एमएसएमई अनर्स अवार्डबाट सम्मानित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष सिर्जना खड्कालाई ट्याली एमएसएमई अनर्स २०२५ अवार्डबाट सम्मानित गरिएको छ । शुक्रबार हायात रिजेन्सी होटेलमा भव्यरुपले सम्पन्न ट्याली एमएसएमई अनर्स २०२५ मा ”Wonder Women” विधाबाट अपि पावरका अध्यक्ष खड्का सम्मानित गरिएको हो ।

विशेष गरी महिलाहरूले सञ्चालन गरेका व्यवसायहरूलाई सम्मान गर्नको लागि ”Wonder Women” विधा राखिएको छ, जसमा कठिनाइहरूको बावजुद पनि आफ्नो व्यवसायमा सफलता हासिल गरेका महिलाहरुलाई सम्मान गरिन्छ ।खड्काले विगत एक दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएकी छिन् । खड्का सहित ६ जनाले विभिन्न विधामा यस अवार्ड पाएका छन् ।

प्रकाशित : १४ भदौ २०८२, शनिबार २०:४० 30 August, 2025 8:40 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।