निर्जीवन बीमा कम्पनीको बीमाशुल्क बढ्यो, सबैभन्दा बढी वृद्धि कुन कम्पनीले गरे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क बढ्यो, सबैभन्दा बढी वृद्धि कुन कम्पनीले गरे ?



काठमाडाै‌‌। चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जनमा सुधार देखिएको छ। साउनमा १४ वटा कम्पनीहरूले २ लाख १५ हजार २८५ वटा बीमालेख जारी गरेर ४ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३५ प्रतिशत बढी हो। अघिल्लो वर्ष साउनमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब २६ करोड रुपैयाँ मात्र आर्जन गरेका थिए।

यस अवधिमा १० वटा बीमा कम्पनीको व्यापार बढेको छ भने ४ वटा कम्पनीकाे घटेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडी रहेकाे छ भने व्यापार वृद्धिको हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ।

चालु आर्थिक वर्षको साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउन महिनामा ४१ करोड ७९ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । सूचीको तेस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४१ करोड ५५ लाख रुपैयाँबराबरको प्रिमियम भित्राएको छ ।

यसैगरी नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख , ओरियन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख, नेशनल इन्स्योरेन्स २६करोड ६ लाख, नेको इन्स्योरेन्सले ३२ करोृड १ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख, हिमालयन एभेरेष्टले ३६ करोड ५२ लाख, सानिमा जिआईसीले २२ करोड ३६ लाख, आईजीआई प्रडेन्सियलले ३३ करोड ८१ लाख र युनाइटेड इन्स्योरेन्सले २७ करोड ६७ लाख बीमाशुल्क आर्जन गरेका छन् ।

प्रकाशित : 29 August, 2025 1:49 pm