काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित विद्युतीय एसयूभी आइकार भी२३ (iCAR v23) को पहिलो झलक सार्वजनिक गरेको छ। गैरीधारास्थित सिल्भर ओकमा आयोजित ‘प्रिभ्यु कार्यक्रम’मार्फत सो गाडी प्रस्तुत गरिएको हो।

चेरी ग्रुपअन्तर्गत ओमोडा, जेइको र आइकार ब्रान्डले चीन मात्र नभई विश्वभर बलियो उपस्थिति बनाएको छ। दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ता बनेको चेरीले हालसम्म ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी गाडी वितरण गरिसकेको छ।
iCAR v23 लाई कम्पनीले रेट्रो क्लासिक डिजाइन, Rugged look र अत्याधुनिक प्रविधि को संयोजन भएको नयाँ पुस्ताको एसयूभीका रूपमा प्रस्तुत गरेको छ। यसमा १०० किलोवाटको मोटर र ५९.९३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १८० एनएम टर्क उत्पादन गर्छ। गाडीको लम्बाइ ४,२२० एमएम, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ एमएम र हिवलबेस २,७३५ एमएम छ, जसले सन्तुलित बनावट र फराकिलो स्पेस सुनिश्चित गर्छ।
यसमा ७० प्रतिशतभन्दा बढी भागमा हाइ स्ट्रेन्थ–स्टिल प्रयोग गरिएको छ भने ब्याट्रीमा इन्टरप्राइज–ग्रेड सेफ्टी स्ट्यान्डर्ड अपनाइएको छ। क्याबिन फराकिलो, व्यावहारिक र आरामदायी बनाइएको छ। अगाडिको भागमा सहज प्रवेश–निस्कने सुविधा छ भने पछाडिको सिट बढी फराकिलो छ। यस्तै, विशेष डिजाइन गरिएका मेकानिकल नब (डायल) हरुले ट्याक्टाइल अनुभव र आधुनिक स्टाइलिंग प्रदान गर्छन्।
कार्यक्रममा उपस्थितहरुले गाडीको इन्टेलिजेन्ट टेक्नोलोजी अनुभव गरेका थिए भने ड्राइभिङ टेस्ट पनि गर्न पाएका थिए। कम्पनीले iCAR v23 लाई नेपालमा ४७ लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध गराउने योजना बनाएको छ।
चेरी समूहले अगस्ट २०२५ मा विश्वव्यापी रूपमा सार्वजनिक गरेको iCAR v23 छिट्टै नेपालमा आधिकारिक रूपमा लन्च हुँदैछ। कम्पनीको भनाइअनुसार, यसले विद्युतीय सवारीसाधनलाई रगेड एडभेन्चर–रेडी क्षमता र स्मार्ट प्रविधिसहितको नयाँ स्तरमा पुर्याउँदै एसयूभी सेग्मेन्टमा नयाँ परिभाषा दिनेछ।





Comment