सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।

आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा समेत बढोत्तरी आएको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 18 August, 2025 11:18 am