काठमाडौं ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो ३८औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा उत्कृष्ट व्यक्तित्व र सहकारी संस्थालाई सम्मान गरिएको हो।प्रमुख पुरस्कार तथा सम्मान
संस्थापक अध्यक्ष पुरस्कार: पूर्व सञ्चालक तारा बहादुर काफ्ले
अग्रज व्यक्तित्व सम्मान: नेफ्स्कून पूर्व सञ्चालक सोमराज खनिया
उत्कृष्ट व्यवस्थापक पुरस्कार: सामुहिक साकोस रुपन्देहीका देवराज ज्ञवाली
पत्रकारिता पुरस्कार: कारोबार राष्ट्रिय दैनिककी कौशिला कुँवर
प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक
कोशी: जुनुसा पुरी (महिला साकोस)
मधेश: विनोद कुमार साफी (आइडियल साकोस)
बागमती: इन्द्र घिमिरे (हाम्रो साकोस)
गण्डकी: डम्बर सिंह बस्नेत (गौरीशंकर साकोस)
लुम्बिनी: प्रकाश बैद्य (विजय फुलावारी साकोस)
कर्णाली: छत्र बहादुर थापा (विरेन्द्रनगर साकोस)
सुदूरपश्चिम: दुर्गा ठगुन्ना (जगन्नाथ महिला साकोस)
प्रदेशस्तरीय उत्कृष्ट साकोस
कोशी: महाभारत जेफाले साकोस
मधेश: तामागढी साकोस
बागमती: स्रोत परिचालन साकोस
गण्डकी: हातेमालो साकोस (लमजुङ)
लुम्बिनी: लेकाली स्वाबलम्बन साकोस
कर्णाली: डिग्रे शाईकुमारी साकोस
सुदूरपश्चिम: मोहना लालझाडी साकोस
विधागत अन्य सम्मान
सर्वोत्कृष्ट साकोस: बुडोल सामुदायिक साकोस (बनेपा)
उत्कृष्ट बचत संघ: रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ
राईफाईसन क्रेडिट युनियन पुरस्कार: Mark Worthington

उत्कृष्ट कर्मचारी: व्यवसाय अधिकृत राधा कुमारी पोखरेल
उत्कृष्ट सेवा सञ्चालन (प्रविधि): सगुन साकोस (बर्दिया)
यो पटक फरक विशेषता
यस वर्षदेखि नेफ्स्कूनले स्थापना दिवसकै दिन पुरस्कार वितरण गर्ने परम्परा सुरु गरेको हो।
कार्यक्रमको अध्यक्षता नेफ्स्कून अध्यक्ष चन्द्र प्रसाद ढकालले गरे भने प्रमुख आथित्यता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए।





Comment